पूर्वी लद्दाखबाट पछि हट्न थाले भारत र चीनका सेना

नेपालभ्युज

पूर्वी लद्दाखबाट पछि हट्न थाले भारत र चीनका सेना

काठमाडौं । ४ दिनअघि भएको नयाँ गस्ती सम्झौतापछि भारत र चीनका सेना पूर्वी लद्दाख सीमाबाट पछाडि हट्न थालेका छन् ।

समाचार एजेन्सी एएनआईका अनुसार सेनाले पूर्वी लद्दाखको डेमचोक र देप्साङ प्वाइन्टमा रहेका अस्थायी टेन्ट र शेड हटाउन थालेका छन् । सेनाले सवारीसाधन र सैन्य उपकरणहरू पनि फिर्ता लिइरहेका छन् ।

यो प्रक्रिया पूरा भएपछि दुवै सेनाले डेम्चोक र देप्साङमा गस्ती गर्न सक्नेछन् । यो गस्ती १० दिन पछि सुरु हुनसक्छ । यसमा २ शर्तहरू छन् । पहिलो– यी क्षेत्रमा दुवै देशका सेनाले फरक–फरक दिन गस्ती गर्नेछन् । दोस्रो, गस्ती गर्दा एकअर्कालाई पहिल्यै जानकारी दिनुपर्ने ।

सन् २०२० मा भारत र चीनबीच भएको गलवान झडपपछि डेमचोक र देप्साङमा तनावको अवस्था सिर्जना भएको थियो । भारत र चीनबीच अक्टोबर २१ मा नयाँ गस्ती सम्झौता भएको थियो ।

गस्ती कहाँ हुनेछ ?

देप्साङ : भारतीय सेनाका अनुसार अब सैनिक गस्तीका लागि देप्साङको १०, ११, ११-ए, १२ र १३ गस्ती बिन्दुमा जान पाउने भएका छन् ।

डेमचोक : गस्ती केन्द्र-१४ अर्थात् गलवान उपत्यका, गोगरा-हट स्प्रिङ्स अर्थात् पीपी-१५ र पीपी-१७ मध्यवर्ती क्षेत्रहरू हुन् । प्रतिवेदनमा स्रोतलाई उद्धृत गर्दै यहाँ गस्ती गर्नेबारे पछि विचार गरिने बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved