कञ्चनपुरमा दम्पतीको हत्या, ओछ्यानमा भेटियो शव

नेपालभ्युज

कञ्चनपुरमा दम्पतीको हत्या, ओछ्यानमा भेटियो शव

काठमाडौं । कञ्चनपुरमा एक दम्पतीको हत्या भएको छ ।

लालझाडी गाउँपालिका–१ बिनवारीमा ४६ वर्षीया रमेश बडायक र उनकी पत्नी ४३ वर्षीया कमला बडायकको हत्या भएको हो ।

आफ्नै घरको ओछ्यानमा धारिलो हतियारको प्रहारबाट हत्या गरिएको अवस्थामा उनीहरूको शव भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीले जानकारी दिए ।

श्रीमान् रमेशको टाउकोमा गहिरो चोट छ । घरको आँगन रक्ताम्मे रहेको पाइएको डीएसपी जोशीले बताए ।

अनुसन्धानका लागि तालिम प्राप्त कुकुरसहित प्रहरी टोली घटनास्थलमा रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved