मन्त्रिपरिषद् बैठक : सचिवमा विष्टको बढुवा, २ मन्त्रीको विदेश भ्रमण स्वीकृत

नेपालभ्युज

मन्त्रिपरिषद् बैठक : सचिवमा विष्टको बढुवा, २ मन्त्रीको विदेश भ्रमण स्वीकृत

काठमाडौं । मन्त्रिपरिषद् बैठकले सहसचिव रघुराम विष्टलाई सचिवमा बढुवा गरेको छ ।  बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले यस्तो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

यस्तै बैठकले दुई जना मन्त्रीको विदेश भ्रमण पनि स्वीकृत गरेको छ । कृषि मन्त्री रामनाथ अधिकारी र महिला मन्त्री नवलकिशोर साह सुडीको कतार र कोलम्बिया भ्रमणको स्वीकृति दिएको ती मन्त्रीले जानकारी दिए ।

यस्तै बैठकले  संघीय मामिला मन्त्रालयको प्रस्तावमा दुई कर्मचारीको राजीनामा स्वीकृत गरेको छ । बैठकले  सेनाका अधिकृतको पदोन्नति पनि गरेको  बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved