किशोरीलाई चिनियाँ नागरिकसँग बिहे गराउने प्रयास, मण्डपबाटै ८ जना पक्राउ

नेपालभ्युज

किशोरीलाई चिनियाँ नागरिकसँग बिहे गराउने प्रयास, मण्डपबाटै ८ जना पक्राउ

काठमाडौं । प्रहरीले किशोरीलाई चिनियाँ नागरिकसँग विवाह गराउँदै गर्दा सुनसरीमा ८ जनालाई पक्राउ गरेको छ ।

धनकुटाको छथर जोरपाटी-२ घर भएकी १६ वर्षिया बालिकालाई सुनसरीको चतरास्थित औलिया बाबाको मन्दिरमा बिहे गर्दै गर्दा तीन चिनियाँ नागरिकसहित ८ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा किशोरीका बुवा, ३३ वर्षीय चिनियाँ नागरिक लि टेङ, उदयपुर बेलका नगरपालिका-९ घर भएका ४३ वर्षीय दीपक दर्जी, सोही स्थानका ४२ वर्षीय बद्रीबिक्रम राई, स्याङ्जाको पुतलीबजार नगरपालिका-१२ घर भएका २० वर्षीय शितल गुरूङ, काभ्रेपलान्चोक रोशी गाउँपालिका-३ की २० वर्षीया रोशनीमाया तामाङ, चिनियाँ नागरिक ३५ वर्षीय डोङ शिहाओ र वु हेजी छन् ।

जबरजस्ती विवाह गरिदैँ छ भन्ने सूचनाको आधारमा खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो । सबै जनालाई विवाह मण्डपबाट पक्राउ गरेको सुनसरीका प्रहरी उपरीक्षक सुमन तिम्सिनाले जानकारी दिए ।

उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved