प्रतिदिन १० लाख डलर पुरस्कार दिने मस्कको कार्यक्रमलाई सरकारको चेतावनी

नेपालभ्युज

प्रतिदिन १० लाख डलर पुरस्कार दिने मस्कको कार्यक्रमलाई सरकारको चेतावनी

काठमाडौं । अमेरिकी न्याय विभागले इलोन मस्कको अभियान अमेरिका पीएसीलाई चेतावनी पत्र पठाएको छ ।

अमेरिकी न्याय विभागले ट्रम्पको समर्थनमा मस्कको चुनावी अभियान संगठनलाई पत्र लेखेको छ ।

मतदातालाई प्रतिदिन १० लाख अमेरिकी डलर दिने मस्कको योजना कानून उल्लंघनको दायरामा आउन सक्ने पत्रमा लेखिएको छ ।

पत्र पठाएको बीबीसी सम्बद्ध सीबीएस न्यूजले पुष्टि गरेको छ । मस्कको चुनावी अभियानलाई पठाइएको पत्रको जानकारी पहिलो पटक सीएनएनले साझा गरेको थियो ।

ट्रम्पको चुनावी अभियानमा पैसाको खोला बगाइरहेका इलोन मस्कको के छ स्वार्थ ?

मस्कको अभियान अमेरिका पीएसीको यो पुरस्कार योजनामा ​​सात स्विङ राज्यमा दर्ता भएका मतदाताहरूलाई एउटा याचिकामा हस्ताक्षर गर्न अपील गरिएको छ ।

चुनाव नहुँदासम्म प्रत्येक दिन पिटिशनमा हस्ताक्षर गर्ने व्यक्तिलाई एक मिलियन अमेरिकी डलर दिइनेछ ।

केही कानूनविद्हरूले यो पुरस्कार योजना गैरकानूनी हुनसक्ने पहिल्यै बताएका थिए ।

अक्टोबर १९ मा पहिलो चिठ्ठा चेक पेन्सिलभेनियामा एक कार्यक्रममा एक व्यक्तिलाई दिइएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved