उपराष्ट्रपतिको हर्नियाको शल्यक्रिया सकियो, शुक्रबार डिस्चार्ज गरिने

नेपालभ्युज

उपराष्ट्रपतिको हर्नियाको शल्यक्रिया सकियो, शुक्रबार डिस्चार्ज गरिने

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवको हर्नियाको शल्यक्रिया गरिएको छ ।

शल्यक्रियाका लागि मंगलबार साँझ अस्पताल भर्ना भएका यादवको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा बुधबार बिहान वरिष्ठ कलेजो रोग विशेषज्ञ प्रा.डा. रमेशसिंह भण्डारी नेतृत्वको टोलीले शल्यक्रिया गरेको थियो ।

शल्यक्रियापछि सामान्य स्वास्थ्य अवस्थामा रहेका यादवलाई अहिले वार्डमा स्वास्थ्य निगरानीमा राखिएको उपचारमा संलग्न एक चिकित्सकले जानकारी दिए । यादवलाई शुक्रबारसम्म डिस्चार्ज गर्ने तयारी रहेको ती चिकित्सकले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved