एसएमएस गरी धम्की दिएर पैसा मागेको आरोपमा काठमाडौंबाट एकजना पक्राउ

नेपालभ्युज

एसएमएस गरी धम्की दिएर पैसा मागेको आरोपमा काठमाडौंबाट एकजना पक्राउ
प्रतिकात्मक स्केच

काठमाडौं । एसएमएस गरी धम्की दिएर पैसा मागेको आरोपमा एकजना पक्राउ गरेका छन् ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिका–८ बस्ने ३२ वर्षीय आकाश तामाङ रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

तामाङले चिनियाँ नागरिकले सञ्चालन गरेको कम्पनीको म्यानेजरको मोबाइलमा एसएमएस गरी पैसा मागेका थिए । तामाङ त्यही कम्पनीका लेबरका रूपमा काम गर्ने कर्मचारी रहेको खुलेको छ ।

तामाङले गएको असोज २१ गते राति कम्पनीका म्यानेजरको मोबाइलमा ुएसएमएसु गरेर डेढ लाखदेखि दुई लाख रुपैयाँसम्म सहयोग चाहिएको र पैसा नदिएमा कम्पनीमा बम विस्फोट गराउने धम्की दिएका प्रहरीले जनाएको छ ।

तामाङलाई कम्पनीबाट पक्राउ गरी जिल्ला प्रहरी परिसर काठमाण्डौ पठाइएको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक काजीकुमार आचार्यले बताउनुभयो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved