भिस्ताराको जहाजमा भेटिएन बम, यात्रु लिएर उड्यो दिल्ली

नेपालभ्युज

भिस्ताराको जहाजमा भेटिएन बम, यात्रु लिएर उड्यो दिल्ली

काठमाडौं । भिस्तारा एयरलाइन्सको जहाजमा कुनै पनि शंकास्पद बस्तु नभेटिएपछि यात्रु लिएर दिल्ली गएको छ ।

नागरिक उड्ड्यन प्राधिकरणका अनुसार मंगलबार अपरान्ह ४ :३० बजे काठमाडौंमा अवतरण भएको भिस्तारामा बम रहेको भनि धम्की आएको थियो ।

नेपाली सेनाको बम डिस्पोजल टोलीले जाँच गर्दा केही पनि नभेटिएपछि फेरि दिल्ली उडेको हो ।

बमको खबरपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित टर्मिनल कार्यालयमा प्राप्त भएपछि भिस्ताराको एयरबस ए ३२० विमानलाई पार्किङ्गवेबाट अलग्गै राखेर सुरक्षा जाँच गरिएको थियो ।

विगत एकसातायता भारतीय विमानमा बम रहेको हल्ला चलाउने क्रम चलिरहेको छ । मंगलबार काठमाडौंमा अवतरण भएको भारतको निजी वायुसेवा भिस्ताराले पनि यस्तै मार खेपेको छ ।

यसअघि एयर इन्डियाका विमानमा पनि बम रहेको भन्दै अज्ञात स्थानबाट गलत सूचना दिइएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved