दिल्लीबाट काठमाडौं आएको जहाजमा बम राखेको हल्लापछि ‘सर्च’ गर्दै सेना

नेपालभ्युज

दिल्लीबाट काठमाडौं आएको जहाजमा बम राखेको हल्लापछि ‘सर्च’ गर्दै सेना

काठमाडौं । भारत नयाँदिल्लीबाट काठमाडौं आएको भारतीय निजी वायुसेवा कम्पनी भिस्टारा एयरवेजको जहाजमा बम राखेको हल्ला फैलिएपनि सेनाले सर्च गरिरहेको छ ।

काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको जहाजमा सेनाले सुरक्षा प्रोटोकल अनुसार सर्च गरिरहेको हो ।

भिस्टाराको उडान नम्बर ‘यूके १५५’ भएको उक्त जहाज अहिले ल्याण्ड गरिसकेको छ ।  जहाजमा बम राखेको फोन दिल्लीबाटै आएपछि विमानस्थलले सेनालाई बोलाको हो ।

दिल्लीमा हिजो मात्रै ३० वटा जहाजमा बम राखेको भन्दै हल्ला फैलिएको थियो । तर सत्य नभई हल्ला मात्र रहेको पाइएको थियो ।

भारतमा भने दैनिक रुपमा विमानमा बम राखेको हल्ला भइरहेको छ । कुन उद्देश्यले कसले हल्ला फैलाइएको भन्ने बुझ्न सकिएको छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved