सहकारी ठगी मुद्दामा रवि लामिछानेसँग बयान लिन सुरु

नेपालभ्युज

सहकारी ठगी मुद्दामा रवि लामिछानेसँग बयान लिन सुरु

काठमाडौं । सहकारी ठगी मुद्दामा प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापती एवम् पूर्व गृहमन्त्री रवि लामिछानेसँग बयान लिन सुरु गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसन्धान अधिकृत र सरकारी वकिलले रविसँग बयान लिन थालेका हुन् ।

लामिछानेलाई प्रहरीले गएको शुक्रबार रास्वपा मुख्यालय वनस्थलीबाट पक्राउ गरेर पोखरा लगेको थियो ।

कास्की जिल्ला अदालतले लामिछानेलाई छ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

रविविरुद्ध सुर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राईसँग मिलेर सहकारीको रकम अपचलन गरेको आरोप छ ।

रकम अपचलनमा संलग्न भएको आरोपमा पूर्व डीआईजी छविलाल जोशी असोज ६ गते नै पक्राउ परेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved