प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन बालुवाटारमा प्रचण्ड

नेपालभ्युज

प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन बालुवाटारमा प्रचण्ड
फाइल तस्वीर

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन् ।

विपक्षी दलहरूको तर्फबाट सरकारलाई ज्ञापनपत्र बुझाउन सोमबार साँझ उनी बालुवाटार पुगेका हुन् ।

यसअघि दिउँसो ४ बजे ज्ञापनपत्र बुझाउन कार्यसूची रहेपनि शीर्ष नेताहरू काठमाडौँ बाहिर रहेकाले समय तालिका सरेको थियो ।

ज्ञापनपत्रमा बाढी पहिरोबाट पीडित भएकाहरूको राहत तथा पुनर्स्थापना, सरकारको कमजोरी, जनजीविका, सुशासन लगायत विषय उल्लेख गरिएको बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved