बालिकालाई बन्धक बनाएर जबरजस्ती यौनजन्य कार्यमा लगाउने महिला पक्राउ

नेपालभ्युज

बालिकालाई बन्धक बनाएर जबरजस्ती यौनजन्य कार्यमा लगाउने महिला पक्राउ

काठमाडौं । बालिकालाई बन्धक बनाएर आफ्नै घरमा जबरजस्ती यौनजन्य कार्यमा लगाउने एक महिला पक्राउ परेकी छन् ।

प्रहरीले नुवाकोटको तादी गाउँपालिका–३ स्थायी घर भइ हाल काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–४ मुलपानी बस्ने ४३ वर्षिया सीता गोतामेलाई पक्राउ गरेको हो ।

उनले आफ्नो घरमा भाँडा माझ्न र सरसफाइका लागि भनेर मासिक २० हजार रुपैयाँ दिँदै एक बालिकालाई राखेकी थिइन् ।

तर, काममा राखेको केही समयपछि गोतामेले ती बालिकालाई घरबाट बाहिर समेत निस्कन नदिई आफ्नै घरमा बन्धक बनाई जबरजस्ती यौनजन्य कार्यमा लगाएको पाइएको प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोका प्रवक्ता एसपी गौतम मिश्रले जानकारी दिए ।

बालिकालाई जबरजस्ती यौनजन्य कार्यमा लगाएर ग्राहकबाट एक हजारदेखि तीन हजार रुपैयाँसम्म लिने गरेको पाइएको छ ।

उनको घरबाट प्रहरीले कात्तिक २ गते चार जना बालिकाको उद्धार पनि गरेको थियो । गोतामेलाई पक्राउ गरेर अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved