ग्लोबल आइएमई बैंक र युनिभर्सिटी अफ इन्ज्ब्रकले बीन प्रोजेक्टमा सहकार्य गर्ने

नेपालभ्युज

ग्लोबल आइएमई बैंक र युनिभर्सिटी अफ इन्ज्ब्रकले बीन प्रोजेक्टमा सहकार्य गर्ने

काठमाडौं । ग्लोबल आइएमई बैंक र अस्ट्रियाको युनिभर्सिटी अफ इन्ज्ब्रकबीच Building Energy Efficiency in Nepal (BEEN) प्रोजेक्टमा सहकार्य गर्ने समझदारी भएको छ ।

बैंकका ग्रीन एन्ड सस्टेनेबल बैंकिङ्ग प्रमुख असिम कर्माचार्य र युनिभर्सिटी अफ इन्ज्ब्रक, अस्ट्रियाको प्रतिनिधि तथा द्यभ्भ्ल् प्रोजेक्ट प्रमुख डा. ड्यानियल नेयरले उक्त समझदारीमा हस्ताक्षर गरेका छन् ।

स्वीच एसिया ग्रान्ट प्रोग्राम अन्तर्गत युरोपियन युनियनको आर्थिक सहयोगमा बीन प्रोजेक्टमा सहकार्य गर्ने सम्झौता भएको हो । ग्लोबल आइएमई बैंकले दिगो आवास प्रवर्द्धन गर्न “ग्रीन होम लोन” विशेष कर्जा योजना लागु गर्दै आएको छ ।

बैंकका अनुसार, यस समझदारीले प्राविधिक क्षमताको अभिवृद्धि गर्न र दिगो तथा ऊर्जा कुशल भवनहरूको प्रवर्धन गर्न सहयोग पुर्‍याउनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved