सिनवारको हत्याको हमासले पनि गर्‍यो पुष्टि

नेपालभ्युज

सिनवारको हत्याको हमासले पनि गर्‍यो पुष्टि

एजेन्सी  । प्यालेस्टिनी सशस्त्र समूह हमासले शुक्रबार गाजामा इजरायली सेनाद्वारा आफ्नो नेता याह्या सिनवारको हत्या भएको पुष्टि गरेको छ । इजरायलले उनको मृत्युको घोषणा गरेको एक दिनपछि हमासले पुष्टि गरेको हो ।

“हामी महान नेता, शहिद भाइ, याह्या सिनवार, अबु इब्राहिमको शोक मनाउँछौँ”, कतारस्थित हमासका अधिकारी खलिल अल–हय्याले अल जजिराद्वारा प्रसारित रेकर्ड गरिएको भिडिओ वक्तव्यमा भने ।

सन् २०२३ अक्टोबर ७ को आक्रमणपछि सिनवार इजरायलको सबैभन्दा खोजिएको व्यक्ति बनेका थिए । हमासको आक्रमण इजरायली इतिहासमा सबैभन्दा घातक थियो ।

वक्तव्यमा हय्याले गाजामा युद्ध समाप्त नभएसम्म हमासले आक्रमणका क्रममा इजरायलबाट कब्जा गरेका बन्धकहरूलाई रिहा नगर्ने बताइएको छ ।

“गाजामा हाम्रा मानिसविरुद्धको आक्रमण नरोकिएसम्म बन्धक फर्कने छैनन्”, उनले इजरायललाई गाजाबाट फिर्ता हुन र इजरायली जेलमा रहेका प्यालेस्टिनी कैदीलाई रिहा गर्न आह्वान गर्दै भनेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved