बसपार्ककै गेस्ट हाउसमा बेचिन्छन् बालिका, रातको ६ हजार लिएर यौनधन्दामा लगाउने पक्राउ

रातको ६ हजार रुपैयाँ लिएर बालिकालाई यौनपेशामा जबरजस्ती लगाएको आरोपमा काठमाडौंको नयाँ बसपार्कस्थित एक गेस्ट हाउसका सञ्चालक पक्राउ परेका छन् ।

नेपालभ्युज

बसपार्ककै गेस्ट हाउसमा बेचिन्छन् बालिका, रातको ६ हजार लिएर यौनधन्दामा लगाउने पक्राउ

काठमाडौं । एक रातको ६ हजार रुपैयाँ लिएर बालिकालाई यौनपेशामा जबरजस्ती लगाएको आरोपमा काठमाडौंको नयाँ बसपार्कस्थित एक गेस्ट हाउसका सञ्चालक पक्राउ परेका छन् ।

निमा गेस्ट हाउसका सञ्चालक नुवाकोट तादी ६ घर भएका सुजन तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

२९ वर्षीय तामाङविरुद्ध एक वर्षअघि नै जाहेरी परेको थियो । त्यसयता उनी फरार थिए ।

गेस्ट हाउस सरसफाइको काममा राखिएकी बालिकालाई यौनकर्ममा लगाएको प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले जनाएको छ ।

ब्युरोका अनुसार तामाङले ती बालिकासँग शारीरिक सम्बन्ध राख्ने एकजना ग्राहकबाट २ हजारदेखि ६ हजारसम्म लिने गरेका थिए ।

अनुसन्धानको क्रममा खुलेका तथ्य

काठमाडौंको महानगरपालिका २६ नयाँबसपार्कस्थित सुजन तामाङले सञ्चालन गरेको निमा गेस्टहाउसमा परिवर्तित नाम २६ बबरमहल (२३६) लाई सरसफाइको काममा लगाई दिने भनी आर्थिक प्रलोभनमा पारी उनलाई फकाई यौनकर्ममा लगाएको खुल्न आएको थियो ।

बालिकालाई जबरजस्ती यौनजन्य क्रियाकलापमा लगाई प्रत्येक ग्राहक २ घण्टासम्म शारीरिक सम्पर्क राख्ने गरी रु. २,००० देखि रु. ३,००० तिरेको, साथै वेश्यावृत्तिबाट रु. ६,००० (छ हजार) सम्म दिनै गरेको खुल्न आएको ।

पीडित बालिकाले ८ महिनासम्म होटल\गेस्टहाउस बाहिर ननिस्कने गरी वेश्यावृत्तिमा जबरजस्ती शारीरिक सम्पर्क राख्न लगाई आएको पाइएको ।

पीडित बालिकाले काम गर्ने गेस्टहाउसमा पारिश्रमिकमा अभाव भएको झगडा हुँदा कुटपिट गर्ने तथा धम्की दिएको खुल्न आएको ।

बालिकालाई जबरजस्ती यौनकर्ममा लगाएको भन्ने आरोपमा ब्यूरोको खटिएको प्रहरी टोलीले गेस्टहाउस सञ्चालक अभियुक्त सुजन तामाङलाई मिति शुक्रबार पक्राउ गरी मानव बेचबिखन तथा ओसारपसार मुद्दामा अनुसन्धान भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved