हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा राधेराधेबाट एक पक्राउ

नेपालभ्युज

हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा राधेराधेबाट एक पक्राउ

भक्तपुर । मध्यपुरथिमि नगरपालिका –९ राधेराधेबाट हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको टोलीले रौतहटको गजुरा नगरपालिका–४ घर भई हाल काठमाडौं महानगरपालिका–७ रातोपुल बस्ने ३७ वर्षीय शशिकान्त चौलागाईंलाई बिहीबार पक्राउ गरेको हो ।

पक्राउ परेका चौलागाईंको साथबाट स्रोत नखुलेको रु आठ लाख ५० हजार, विभिन्न बैंकको एटिएम र अन्य सामान बरामद गरेको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved