प्रतिनिधिसभाको विशेष अधिवेशन बोलाउन रास्वपाको आग्रह

नेपालभ्युज

प्रतिनिधिसभाको विशेष अधिवेशन बोलाउन रास्वपाको आग्रह
फाइल फोटो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाले) प्रतिनिधिसभाको विशेष अधिवेशन बोलाउन आग्रह गरेको छ । बुधबार रास्वपाका कार्यवाहाक प्रवक्ता मनिष झाले एक विज्ञप्ति जारी गर्दै राजनीतिक दलहरुको ध्यानाकर्षण गराएका हुन् ।

विज्ञप्तिमा विपद्को पूर्वतयारीमा चुकेको सरकार व्यवस्थापनमा पनि असफल भएको  उल्लेख छ । सरकारले आत्मविश्वास र दक्षता स्खलित हुँदा दुई तिहाइको सरकार कामचलाउ जस्तो देखिएको रास्वपाले जनाएको छ ।

रास्वपाले सरकारले घोषित प्रतिबद्धता पुरा गर्ने संकेत समेत देखाउन नसकेको बताएको छ ।

रास्वपाले मुद्दा खेपिरहेका विवादित व्यापारीबाट करोडौँ मूल्य पर्ने जग्गा दान लिएर सत्ताको नेतृत्व गर्ने दल नै स्वार्थको द्वन्द्वको डरलाग्दो अभ्यासले सुशासनको अडान धरमराएको बताएको छ । संवादहीनतामा लोकतन्त्र फस्टाउन नसक्ने पनि विज्ञप्तिमा उल्लेख छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved