नयाँबस्तीमा एक पुरूषको हत्या, तीन जना पक्राउ

नेपालभ्युज

नयाँबस्तीमा एक पुरूषको हत्या, तीन जना पक्राउ

काठमाडौं । नयाँबस्तीमा एक जना  व्यक्तिको कुटपिट गरी हत्या भएको छ ।

गोकर्णेश्वर नगरपालिका-६ नयाँबस्ती लर्डस् लाइट स्कुल नजिकै मंगलबार दिउँसो सवा ३ बजे सुर्खेतको लेकबेसी गाउँपालिका-२ का ४३ वर्षीय होमबहादुर फौजामगरको हत्या भएको हो ।

तीन जनाको समूहले होमबहादुरमाथि कुटपिट गरेर भागेका थिए । स्थानीयले उनलाई अचेत अवस्थामा देखेपछि शंखरापुर अस्पताल लगिएको थियो ।

उनको उपचारको क्रममा मृत्यु भएको थियो ।

घटनामा तीन जना पक्राउ परेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए ।

पक्राउ पर्नेमा पाँचथर घर भई कपन बस्ने ३८ वर्षीय अमृत मगर, सिन्धुपाल्चोकका ३५ वर्षीय भुवन श्रेष्ठ र इलाम घर भई नयाँ बस्ती बस्ने २७ वर्षीया विमला भट्टराई छन् । हत्याको कारण भने खुलिसकेको छैन ।

उनीहरूलाई प्रहरी वृत्त बौद्धको हिरासतमा राखेर कर्तव्य ज्यानको कसुरमा अनुसन्धान अगाडि बढाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved