आफ्नो कारले ठक्कर दिएपछि घाइतेलाई अस्पताल पुर्‍याए, गम्भीर देखेपछि भागे निरज

नेपालभ्युज

आफ्नो कारले ठक्कर दिएपछि घाइतेलाई अस्पताल पुर्‍याए, गम्भीर देखेपछि भागे निरज

काठमाडौं । कारको ठक्करपछि घाइतेलाई अस्पताल पुर्‍याएर भागेका चालक पक्राउ परेका छन् ।

असोज २६ गते साँझ १८:३० बजेतिर तिनकुने गैरीगाउँ सडकमा कारले एक व्यक्तिलाई ठक्कर दियो ।

कारको ठक्करबाट सर्लाही कबिलासी नगरपालिका-२ स्थायी घर भई हाल काठमाठौं महानगरपालिका-३२ बस्ने ५१ वर्षिय विनोद महरा गम्भीर घाइते भए ।

कार मोरङको विराटनगर उपमहानगरपालिका-१७ घर भई हाल ललितपुरको कुपण्डोल बस्ने ४० वर्षिय निरज विष्टले चलाएका थिए ।

घाइते भएका महरालाई विष्टले नै सडकबाट उठाएर नजिकै रहेको केएमसी अस्पताल पुर्‍याए । घाइतेको अवस्था देखेर विष्ट भने फरार भए । सोही रातको १ बजे महराको मृत्यु भयो ।

उक्त घटनापछि फरार रहेका विष्टलाई खोज्न प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बानेश्वरबाट संयुक्त टोली खटिएको थियो । खोजी गर्नेक्रममा उनलाई प्रहरीले लुकिछिपी बसेको अवस्थामा कुपण्डोलबाट पक्राउ गरेको हो ।

पक्राउ परेका चालकमाथि थप अनुसन्धान अघि बढाएको छ । चालकको बा ३ च ९४४ को कार पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved