बलात्कार मुद्दामा फसाइदिने भन्दै पैसा असुल्ने इन्स्पेक्टर शाहीविरुद्ध पक्राउ पुर्जी

नेपालभ्युज

बलात्कार मुद्दामा फसाइदिने भन्दै पैसा असुल्ने इन्स्पेक्टर शाहीविरुद्ध पक्राउ पुर्जी
भैँसेपाटी प्रहरी प्रभागकी तत्कालीन प्रमुख बिनु शाही

काठमाडौं । बलात्कारसम्बन्धी मुद्दामा फसाइदिने भन्दै एक जना व्यक्तिसँग लेनदेन गरेको आरोप लागेकी इन्स्पेक्टर बिनुकुमारी शाहीविरूद्ध पक्राउ पुर्जी जारी भएको छ ।

ललितपुर प्रहरी प्रमुख एसएसपी शेखर खनालले पक्राउ पुर्जी जारी भएको जानकारी दिए ।

यसअघि प्रहरी प्रभाग, भैंसेपाटीकी प्रमुख रहेकी इन्स्पेक्टर शाहीलाई जिम्मेवारीबाट हटाइएको थियो ।

शाहीले एक व्यवसायीलाई नियन्त्रणमा लिएर ३० लाख रूपैयाँ लेनदेन गरेको आरोप छ । उनले त्यो रकम आफन्तको नाममा रहेको खातामा हाल्न लगाएको आरोप छ ।

यो प्रकरणमा छानबिन गर्न जिल्ला प्रहरी परिसर, ललितपुरका डीएसपी नरहरि अधिकारीको नेतृत्वमा ७ सदस्यीय छानबिन समिति बनिसकेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved