ग्लोबल आइएमई र महालक्ष्मी विकास बैंकबीच बैंकिङ सुविधा उपलब्ध गराउने सम्झौता 

नेपालभ्युज

ग्लोबल आइएमई र महालक्ष्मी विकास बैंकबीच बैंकिङ सुविधा उपलब्ध गराउने सम्झौता 

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र महालक्ष्मी विकास बैंकबीच गैर कोषमा आधारित बैंकिङ सुविधा उपलब्ध गराउने सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

उक्त सम्झौता पत्रमा ग्लोबल आइएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत दिपेश लम्सालले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार महालक्ष्मी विकास बैंकका ग्राहकहरूले आफ्नो व्यवसायलाई आवश्यकता पर्ने गैर कोषमा आधारित प्रतीत पत्र (लेटर अफ क्रेडिट), बैंक ग्यारेन्टी, डकुमेन्ट अगेन्स्ट पेमेन्ट, डकुमेन्ट अगेन्स्ट असेप्टेन्स, ट्रेड ट्रान्जेक्सन बैंकिङ आदि सुविधा महालक्ष्मी विकास बैंकको सिफारिसमा ग्लोबल आइएमई बैंक मार्फत उपभोग गर्न सक्नेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved