प्रभु साह भन्छन् – मिनबहादुरले हाम्रो गरिब पार्टीको कार्यालय पनि बनाइदिए हुन्थ्यो !

नेपालभ्युज

प्रभु साह भन्छन् – मिनबहादुरले हाम्रो गरिब पार्टीको कार्यालय पनि बनाइदिए हुन्थ्यो !
फाइल तस्वीर

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले पार्टी कार्यालय बनाउन भाटभटेनीका सञ्चालक मिनबहादुर गुरुङसँग सहयोग मागेका छन् ।

एमालेलाई कटाक्ष गर्दै उनले भने, ‘अर्बौंको सम्पत्ति भएको, केन्द्रदेखि प्रदेश, पालिका सरकारमा सहभागी नेकपा (एमाले)लाई जग्गा दान गरी पार्टी कार्यालय बनाइदिने भाटभटेनीका सञ्चालक मिनबहादुर गुरुङले हामी जस्तो गरिब पार्टीको कार्यालय पनि बनाइदिए हुन्थ्यो नि !’

सिरहा जिल्ला कमिटीद्वारा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै साहले यस्तो बताएका हुन् ।

उनले भने, ‘अर्बौंको सम्पत्ति एक अर्बपति पार्टीलाई दान गरिएको छ । दान त गरिब, असहाय, निमुखालाई पो गरिन्छ । प्रधानमन्त्री, मन्त्री, मुख्यमन्त्री, मेयर भएको पार्टीलाई यो दान नभई खुलमखुल्ला घुस दिएको हो ।’

आफ्नो पार्टी कार्यालय समेत बनाउन नसक्ने एमालेबाट मुलुक समृद्ध हुन नसक्ने उनको भनाइ छ ।

एमालेलाई मीनबहादुरको घर-जग्गा : शुद्ध ‘दान‘ कि ‘स्वार्थको बझान’ ?


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved