कोहलपुर घटना : चन्द्रबहादुरका हत्या आरोपी पक्राउ

नेपालभ्युज

कोहलपुर घटना : चन्द्रबहादुरका हत्या आरोपी पक्राउ

काठमाडौं । बाँकेको कोहलपुर नगरपालिका-८ का स्थानीय ४० वर्षीय चन्द्रबहादुर कामीको हत्या आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रोल्पाका २४ वर्षीय अनिल परियार छन् ।

राप्तीसोनारी गाउँपालिका-१ तीनघारी टोलस्थित भौवा नाका क्षेत्रबाट मंगलबार बिहान परियारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी तुलबहादुर कार्कीले जानकारी दिए ।

प्रहरीकाअनुसार चन्द्रबहादुरको हत्यापछि अनिल जंगलको बाटो हुँदै भारत प्रवेश गर्ने योजनामा थिए । तर, प्रहरीले शौचालयमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको हो ।

दशैंको टीकाको रात चन्द्रबहादुरको हत्या भएको थियो । बंगलाटोल भित्री सडक खण्डअन्तर्गत सरस्वती टोल नजिकै टाउको बिनाको चन्द्रबहादुरको शव फेला परेको थियो ।

त्यसको दुई दिनपछि सोमबार घटनास्थलबाट झन्डै ५ सय मिटर पर घरको सेप्टिक ट्यांकीभित्र चन्द्रबहादुरको टाउको फेला परेको थियो ।

टीकाको दिन चन्द्रबहादुर र अनीलले सँगै बसेर मदिरा सेवन गरेका थिए । त्यसक्रममा उनीहरूबीच विवाद उत्पन्न भएपछि अनिलले धारिलो हतियार प्रहार गरी रामचन्द्रको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved