कोहलपुर घटना : चन्द्रबहादुरको हत्यापछि टाउको सेप्टिक ट्यांकीमा फालेर फरार अनील

नेपालभ्युज

कोहलपुर घटना : चन्द्रबहादुरको हत्यापछि टाउको सेप्टिक ट्यांकीमा फालेर फरार अनील

काठमाडौं । दशैंको टीकाको रात हत्या गरिएका बाँकेको कोहलपुर नगरपालिका वडा नं. ८ का स्थानीय ४० वर्षीय चन्द्रबहादुर कामीको टाउको फेला परेको छ ।

घटनास्थलबाट झन्डै ५ सय मिटर पर घरको सेप्टिक ट्यांकीभित्र टाउको फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी तुलबहादुर कार्कीले जानकारी दिए ।

बंगलाटोल भित्री सडक खण्डअन्तर्गत सरस्वती टोल नजिकै टाउको बिनाको चन्द्रबहादुरको शव फेला परेको थियो ।

कामीले कोहलपुरमा सामान्य मजदुरी गरी जीवन धान्दै आएका थिए ।

घटनास्थलदेखि करिब दुईसय मिटर टाढाको सीसीटीभी क्यामेरामा एक जना व्यक्तिले कालो पोलिथिनको झोला बोकेर हिँडिरहेको दृश्य फेला परेको थियो ।

सोहीआधारमा टाउको फेला परेको हो ।

घटनामा संलग्न रहेको आरोप लागेका पिपिरीमा बहिनीको घर बस्दै आएका २७ वर्षीय अनिल परियार फरार छन् ।

टीकाको दिन चन्द्रबहादुर र अनीलले सँगै बसेर मदिरा सेवन गरेका थिए । त्यसक्रममा उनीहरूबीच विवाद उत्पन्न भएपछि अनिलले धारिलो हतियार प्रहार गरी रामचन्द्रको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

घटनाबारे थप तथ्य अनिल पक्राउ परेपछि खुल्ने एसपी कार्कीले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved