इजरायली आक्रमणबाट लेबनानी मस्जिद पूर्णरूपमा ध्वस्त

नेपालभ्युज

इजरायली आक्रमणबाट लेबनानी मस्जिद पूर्णरूपमा ध्वस्त

काठमाडौं । लेबनानको युद्धग्रस्त दक्षिणी क्षेत्रस्थित मस्जिद इजरायली हवाई आक्रमणबाट ध्वस्त भएको त्यहाँको आधिकारिक मिडियाले आइतबार जनाएको छ । पछिल्लो समयमा इजरायलले आक्रमण अभियानलाई तीव्र बनाएको छ ।

स्थानीय समयानुसार आइतबार बिहान ३ः४५ बजे इजरायली लडाकु विमानले कफर टिबनिट गाउँको केन्द्रस्थित उक्त मस्जिदलाई लक्षित गरी हवाई आक्रमण गरेर पूर्ण रूपमा नष्ट गरेको लेबनानको राष्ट्रिय समाचार एजेन्सीले जनाएको छ ।

कफर टिबनिटका मेयर फुआद यासिनले द्विदेशीय सीमाबाट करिब आठ किलोमिटर टाढा रहेको उक्त गाउँका मानिसले मस्जिदको विनाशसँगै एकताको केन्द्र गुमाएको बताएका छन् । उनकाअनुसार १०० वर्ष पुरानो उक्त मस्जिद एउटा महत्त्वपूर्ण ठाउँ थियो, जहाँ मानिस विशेष अवसरहरूमा भेला भई पूजापाठ गर्ने गर्थे ।

गाजा युद्धलाई लिएर इजरायल र हिजबुल्लाहबीच सीमापार आक्रमणकोे एक वर्षको समय पूर्ण द्वन्द्वमा परिणत भएको छ ।

लेबनानका अधिकारीहरूका अनुसार, इजरायलको निरन्तरको आक्रमणबाट लेबनानमा एक हजार २६० भन्दा बढी मानिसको मृत्यु भएको छ । साथै, १० लाखभन्दा बढी मानिस विस्थापित भएका अधिकारीहरूले बताएका छन् । एएफपी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved