काठमाडौं । यस वर्षको नोबेल शान्ति पुरस्कार जापानी संस्था निहोन हिडान्क्योले पाएको छ ।
हिरोसिमा र नागासाकी विस्फोटमा परी बाँचेका व्यक्तिहरूले चलाएको संस्था निहोन हिदान्क्योलाई शुक्रबार रोयल स्विडिस एकेडेमीले सन् २०२४ को नोबेल शान्ति पुरस्कार दिने निर्णय गरेको हो ।
आणविक हतियारमुक्त संसार बनाउने प्रयास र त्यस्ता हतियार फेरि कहिल्यै प्रयोग गर्न नहुने उनीहरूको अभियानका निम्ति शान्ति पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो ।
क्त संस्था सन् १९५६ मा स्थापना भएको हो ।
झन्डै ८० वर्षअघि दुई जापानी सहर हिरोसिमा र नागासाकीमा परमाणु बमले ध्वंस मच्चाएको थियो । ६ अगस्ट १९४५मा जापानी समय अनुसार बिहानको आठ बजे हिरोसिमामा अमेरिकाले परमाणु बम खसालेको थियो । ८० हजारभन्दा बढी मानिसले तत्कालै ज्यान गुमाए । त्यसको तीन दिनपछि ९ अगस्टमा नागासाकीमा अर्को बम खसालियो ।
Facebook Comment
Comment