राजकीय सम्मानका साथ रतन टाटाको अन्त्येष्टि

नेपालभ्युज

राजकीय सम्मानका साथ रतन टाटाको अन्त्येष्टि

काठमाडौं । टाटा सन्सका अध्यक्ष रतन नवल टाटाको मुम्बईको वर्ली श्मशान गृहमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।

यसअघि उनको पार्थिव शरीरलाई अन्तिम दर्शनका लागि नरिमन प्वाइन्टस्थित राष्ट्रिय प्रदर्शन कला केन्द्र (एनसीपीए)मा राखिएको थियो । यहाँबाट उनको अन्तिम यात्रा वर्लीको श्मशानस्थल पुग्यो ।

टाटा परिवारको कथा : धर्मपुत्र थिए रतनका पिता नवल, अब कसले गर्ला नेतृत्व ?

दाहसंस्कारअघि उनलाई गार्ड अफ अनर दिइएको थियो । रतन टाटाले ८६ वर्षको उमेरमा बुधबार राति करिब ११ बजे अन्तिम सास लिएका थिए ।

उनलाई मुम्बईको ब्रीच क्यान्डी अस्पतालको सघन हेरचाह इकाई (आईसीयू)मा भर्ना गरिएको थियो र उमेर सम्बन्धी रोगबाट पीडित थिए।

केन्द्रीय गृहमन्त्री अमित शाह, महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्दे, गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेल, मुकेश अम्बानी र कुमार मंगलम बिर्लालगायत राजनीति, खेलकुद र व्यापारका धेरै व्यक्तित्वहरूले टाटालाई श्रद्धाञ्जली दिएका छन् ।

रतन टाटा : सरलताको उदाहरण, देखावटीपनबाट सधैँ टाढा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved