इजरायली हवाई आक्रमणमा लेबनानमा चार जनाको मृत्यु

नेपालभ्युज

इजरायली हवाई आक्रमणमा लेबनानमा चार जनाको मृत्यु
फाइल फोटो

बेरुत । इजरायली हवाई आक्रमणमा बुधबार मध्य लेबनानमा विस्थापित नागरिकहरूको आवासमा चार जनाको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन् ।

माउन्ट लेबनान गभर्नरेटको चौफ जिल्लाको गाउँ वरदानिएहमा रहेको दार अल–सलाम होटललाई लक्षित गरी आक्रमण भएको थियो । यस होटलले दक्षिणी र पूर्वी लेबनानमा इजरायली हवाई आक्रमणबाट भागेका शरणार्थीहरूलाई आश्रय दिइरहेको एनएनएले बताएको छ ।

सेप्टेम्बर २३ देखि इजरायलले लेबनानभरि व्यापक हवाई आक्रमणहरू सञ्चालन गरेको छ । उक्त आक्रमणले देशभरि लाखौँ मानिसलाई विस्थापित गरेको छ । सिन्ह्रा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved