माइ जोईको रेमिट्यान्स एपबाट सजिलै नेपाल पैसा पठाउन सकिने 

नेपालभ्युज

माइ जोईको रेमिट्यान्स एपबाट सजिलै नेपाल पैसा पठाउन सकिने 

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र संयुक्त अरब इमिरेट्सस्थित माइ जोई बिच युएईबाट नेपालमा रेमिट्यान्स पठाउन सहज माध्यम बनाउने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता अनुसार रोजगारको सिलसिलामा संयुक्त अरब इमिरेट्समा रहेका नेपालीहरूले माइ जोईको रेमिट्यान्स एपबाट सहज रूपमा आफ्नो परिवार तथा साथीभाइलाई नेपालमा रेमिट्यान्स पठाउन सक्नेछन् ।

उक्त अवसरमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले माइ जोई वित्तीय समावेशीकरणमा बलियो फोकस भएको अग्रगामी डिजिटल प्लेटफर्म रहेको र माइ जोईसँग साझेदारी गर्न पाउँदा बैंकले उत्साहित भएको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved