क्षुद्रग्रह विक्षेपन अध्ययन गर्न ‘हेरा मिसन’ प्रक्षेपण

नेपालभ्युज

क्षुद्रग्रह विक्षेपन अध्ययन गर्न ‘हेरा मिसन’ प्रक्षेपण

लस एन्जलस । स्पेसएक्सले सोमबार अन्तरग्रह स्थानान्तरण कक्षमा युरोपेली अन्तरिक्ष विभाग (ईएसए) को ‘हेरा मिसन’ प्रक्षेपण गरेको छ ।

फ्लोरिडाको केप क्यानाभेरल स्पेस फोर्स स्टेशनबाट पूर्वी समय बिहान १०ः५२ मा अन्तरिक्ष यान प्रक्षेपण गरिएको थियो ।

हेरा एक ग्रह रक्षा मिसन हो जसले नासाको ’डबल एस्टेरोइड रिडायरेक्शन टेस्ट (डाट)’ मिसनको अन्तरिक्ष यानले डिमोर्फोस नामक क्षुद्रग्रहमा गरेको प्रभावबारे अध्ययन गर्नेछ ।

हेराले क्षुद्रग्रहको भौतिक एवं सौर्यमण्डलको निर्माण र विकास प्रक्रियाहरूबारे बुझ्न मद्दत गर्नको लागि भविष्यका क्षुद्रग्रह विक्षेपन मिशन र विज्ञानका लागि बहुमूल्य तथ्याङ्क प्रदान गर्नेछ ।

क्षुद्रग्रहको वरिपरि स्वायत्त नेभिगेसनदेखि न्यून गुरुत्वाकर्षण निकटता अपरेसनहरूमा नयाँ प्रविधिहरू प्रदर्शन गर्दै, हेरा बाइनरी एस्टेरोइड प्रणाली र युरोपको फ्ल्यागशिप प्लानेटरी डिफेन्डरसँग भेट्ने मानवजातिको यो पहिलो अनुसन्धान हुने ईएसएले जनाएको छ । सिन्ह्वा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved