विदेशबाट डेबिट तथा क्रेडिट कार्डको रकम निःशुल्क नेपाली बैंक खातामा पठाउन सकिने

नेपालभ्युज

विदेशबाट डेबिट तथा क्रेडिट कार्डको रकम निःशुल्क नेपाली बैंक खातामा पठाउन सकिने

काठमाडौं । विदेशबाट डेबिट तथा क्रेडिट कार्डको रकम नेपालका कुनै पनि बैंक खातामा निःशुल्क जम्मा गर्न सकिने भएको छ । नबिल बैंकसँगको सहकार्यमा हाम्रो पात्रोले सोमबारदेखि यो सेवा सञ्चालनमा ल्याएको हो ।

इजी सेन्ड नाम दिइएको यो फिचर हाम्रो पात्रोको एपमै उपलब्ध गराइएको छ । जसमा गएर कार्ड डिटेल उल्लेख गरी नेपालका कुनै पनि बैंक खातामा तत्कालै जम्मा गर्न सकिने हाम्रो पात्रोले जनाएको छ ।

कम्पनीका अनुसार कुनै पनि अन्तर्राष्ट्रिय कार्ड (भिसा तथा मास्टर कार्ड) बाट रकम ट्रान्सफर गर्न सकिनेछ । जसमा कुनै पनि शुल्क नलाग्ने बताइएको छ ।

कसरी गर्छ काम ?

यसका लागि सबैभन्दा पहिला तपाईँले इजीसेन्ड अकाउन्ट खोल्नु पर्ने हुन्छ । जसका लागि सुरक्षित प्रोफाइल बनाउन केही आधारभूत व्यक्तिगत विवरण उपलब्ध गराउनु पर्छ ।

यति गरिसकेपछि रकम प्राप्त गर्ने व्यक्तिको बैंक खाता लगायतका विवरण उल्लेख गर्नुपर्ने हुन्छ । त्यसपछि आफ्नो भिसा तथा मास्टर कार्डको विवरण राखेर रकम पठाउन सकिन्छ । यसरी गरिने सम्पूर्ण भुक्तानी सुरक्षित रूपमा सम्पन्न हुने हाम्रो पात्रोले जनाएको छ ।

उल्लिखित चरण पूरा गर्ने बित्तिकै रकम प्राप्त गर्ने व्यक्तिको खातामा जम्मा हुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved