सिन्धुलीमा भेटियो उँट, कहाँबाट आयो ?

नेपालभ्युज

सिन्धुलीमा भेटियो उँट, कहाँबाट आयो ?

काठमाडौं । मरुभूमिमा पाइने जनावर उँट सिन्धुलीमा फेला परेको छ । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा उँट भेटिएको हो ।

मंगलबार बिहान हरिहरपुरको भिमानमा उँट भेटिएको सिन्धुलीका प्रहरी प्रमुख एसपी गोविन्द काफ्लेले बताए । उँट कहाँबाट आयो भन्नेबारे केही खुलेको छैन ।

उँट हेर्नेहरूको पनि उत्तिकै भीड लागेको छ । उँट चढ्ने प्रयोजनको लागि मेला महोत्सवमा लगिने गरिन्थ्यो । त्यही क्रममा फुत्किएर आएको हुनसक्ने आशंका छ । तर, कसैले पनि दाबी गर्न नआएको वन कार्यालयले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved