पुण्य गौतममाथि रड प्रहार, टाउको फुटेपछि आइसीयूमा (भिडिओ)

नेपालभ्युज

पुण्य गौतममाथि रड प्रहार, टाउको फुटेपछि आइसीयूमा (भिडिओ)

काठमाडौं । सामाजिक सञ्जालका विभिन्न प्लेटफर्ममा अन्तरवार्ता दिएर भाइरल भएका पुण्य गौतममाथि जोरपाटीमा आक्रमण भएको छ ।

सोमबार राति साढे ९ बजे घर फर्किँदै गर्दा घर नजिकै अज्ञात व्यक्तिले रडले आक्रमण गरेको हो । गौतमका अनुसार आक्रमणकारी एक जना मात्र थिए, र उनले चिनेनन् ।

रडको प्रहारले गौतमको टाउकोमा गहिरो चोट लागेको छ । आफूलाई आक्रमणबाट बचाउने प्रयासमा उनको हातमा पनि चोट लागेको छ । उनलाई तत्काल स्थानीयले नेपाल मेडिकल कलेज, जोरपाटी पुर्‍याएका थिए ।

जहाँ आकस्मिक कक्षमा टाउकोमा दर्जन बढी टाँका लगाइएको छ । टाउकाको नशामा रगत जमेकाले थप उपचारका लागि अहिले गौतमलाई आइसीयूमा राखिएको छ ।

घटनाबारे प्रहरी अनुसन्धान जारी छ । गौतम पछिल्लो समय बाढीपहिरोबाट पीडित भएका व्यक्तिको राहत वितरणमा सक्रिय थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved