भोजपुर जाँदै गरेको बस सिन्धुलीमा दुर्घटना, दुई जनाको मृत्यु

नेपालभ्युज

भोजपुर जाँदै गरेको बस सिन्धुलीमा दुर्घटना, दुई जनाको मृत्यु

काठमाडौं । सिन्धुलीमा बस दुर्घटना भएको छ ।

काठमाडौंबाट भोजपुर जाँदै गरेको बागमती प्रदेश ०१-००६ ख ६७८५ नम्बरको बस सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ महेन्द्रझ्याडीस्थित भलखाडामा दुर्घटना भएको हो ।

सोमबार दिउँसो पौने ३ बजेतिर भएको घटनामा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । सनाखत भने भइसकेको छैन ।

घाइते भएकाहरूलाई जिल्ला अस्पताल र स्थानीय अस्पताल लगिएको छ । थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved