सहुलियत दरमा खसी, बोका र च्याङ्ग्राको बिक्री वितरण सुरु

नेपालभ्युज

सहुलियत दरमा खसी, बोका र च्याङ्ग्राको बिक्री वितरण सुरु

काठमाडौैं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बडादशैंका अवसरमा सुपथ मूल्यमा खसी, बोका र च्याङ्ग्राको बिक्री वितरण सुरु गरेको छ ।

कम्पनीको थापाथालीस्थित बिक्री केन्द्रबाट आजदेखि एक हजार ५०० खसी, बोका र ३०० च्याङ्ग्राको बिक्री वितरण सुरु गरिएको सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले  जानकारी दिईन् । खसी, बोकाको प्रतिकेजी रु छ सय ७० मूल्य तोकिएको छभने त्यसमा रु १० सहुलियत दिई रु छ सय ६० मा बिक्री वितरण सुरु गरिएको उनले बताईन् ।

यसैगरी, च्याङ्ग्राको प्रतिकेजी रु एक हजार २३० मूल्य तोकिएको छ । यसमा पनि रु १० सहुलियत दिई रु एक हजार २२० मा बिक्री वितरण सुरु गरिएको जनाइएको छ । चाड बडादशैं, दीपावली, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा कम्पनीले सुरु गरेको सुपथ मूल्य पसल पनि जारी रहेको सूचना अधिकारी सुवेदीले जानकारी दिईन् । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved