रेखा यादव स्मृति पत्रकारिता पुरस्कारबाट प्रवीण कुमार यादव सम्मानित

नेपालभ्युज

रेखा यादव स्मृति पत्रकारिता पुरस्कारबाट प्रवीण कुमार यादव सम्मानित

काठमाडौं । पत्रकार प्रविण कुमार यादव रेखा यादव स्मृति पत्रकारिता पुरस्कार २०८१ बाट सम्मानित भएका छन् ।

शनिवार उनलाई नेपाल यादव सेवा समितिले काठमाण्डौमा एक कार्यक्रमबीच नगद र प्रमाणपत्रसहित सम्मान गरेको हो ।

पत्रकारिता क्षेत्रबाट देश, मधेश र यदुवंश समाजमा पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै पत्रकार यादवलाई नगद ५ हजारसहित प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।

सप्तरीको तिलाठी कोइलाडी– ७ का यादव नेपाल रिपब्लिक मिडिया प्रालिद्वारा प्रकाशित रिपब्लिक दैनिक अंग्रेजी पत्रिकाबाट पत्रकारिता क्षेत्रमा प्रवेश गरेका थिए ।

यादवले द गार्जियन, द वायर, स्विस टिभि, स्विस पब्लिक रेडियो, न्युयोर्क टाइम्स, फ्रेन्च टिभिका लागि रिपोर्टिङ गरेका छन्। उनले द काठमाण्डु पोष्ट र रेकर्ड नेपालका लागि पनि स्तम्भकारको रुपमा काम गरेका छन् ।

उनी सन् २०१२ मा अमेरिकी सरकारद्वारा आयोजित अन्तर्राष्ट्रिय नेतृत्व कार्यक्रम (आइभिएलपी)का लागि छनौट भई अमेरिका गएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved