दशैंको टीकाको दिन पनि पानी पर्न सक्ने

नेपालभ्युज

दशैंको टीकाको दिन पनि पानी पर्न सक्ने
सांकेतिक तश्वीर

काठमाडौं । मनसुन बाहिरिन ढिला हुँदा यस पटकको दशैँको टीकाको दिनमा पनि वर्षा हुनसक्ने मौसमविद्ले अनुमान गरेका छन् ।

नेपालबाट मनसुन नबाहिरिएकाले दशैँको समयभरि नै केही ठाउँमा वर्षा हुने सम्भावना रहेको त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम केन्द्रीय विभागका सहप्राध्यापक विनोद पोखरेलले  बताए ।

ठूलो पानी पर्ने सम्भावना नदेखिए पनि दशैँ अवधिभर पनि मनसुन सक्रिय रहने भएकाले हल्कादेखि मध्यम वर्षा भइरहने उनले बताए ।

अहिले विभिन्न मोडेलले अनुमान गरेको भन्दा धेरै वर्षा भइरहेकाले दशैँको समयमा वर्षा हुन सक्ने उनको आकलन छ ।

अहिले गण्डकी र कोशी प्रदेशका केही ठाउँमा पानी परिरहेको छ । आज राति पनि कोशी, मधेश, बाग्मती र गण्डकीका धेरैजसो ठाउँमा बदली भएर केही ठाउँमा पानी पर्ने सम्भावना छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका धेरै ठाउँमा राति मौसम सफा हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved