हेटौंडाबाट साढे ११ करोडको सुनसहित २ जना पक्राउ

नेपालभ्युज

हेटौंडाबाट साढे ११ करोडको सुनसहित २ जना पक्राउ

काठमाडौं । मकवानपुरबाट ८ किलोग्राम अवैध सुनसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको महाराष्ट्र राज्य सांगली जिल्ला दिंघची थाना पुजरबाडीका २५ वर्षिय अभिषेक अजिनाथ र २७ वर्षिय राहुल भिट्टिहाल बाड छन् ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले शनिबार सार्वजनिक गरेको हो । प्रहरीले शनिबार बिहान ३ बजे उनीहरूलाई पक्राउ गरेको थियो ।

हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटे चेकपोष्टस्थित पूर्व-पश्चिम सडकखण्डमा पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको बागमती प्रदेश ०२-०४७ प ७५०३ नम्बरको स्कुटरलाई जाँच गर्दा सुन फेला परेको थियो ।

सुनको मूल्य ११ करोड ४३ लाख ५७ हजार ८७८ रुपैयाँ रहेको छ । प्रहरीले उनीहरु सवार बागमती प्रदेश ०२-०४७ प ७५०३ नम्बरको स्कुटरसमेत नियन्त्रणमा लिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved