काठमाडौं । हाइटीमा गोली हानाहान हुँदा कम्तीमा ७० जनाको मृत्यु भएको छ । उक्त घटनाबाट आतङ्कित भएको संयुक्त राष्ट्रसङ्घले बताएको छ ।
राष्ट्रसङ्घको मानवअधिकार कार्यालयले हाइटीको पोर्ट सोन्डे शहरमा उक्त घटनामा कम्तीमा १६ जना गम्भीर घाइते भएको जनाएको छ ।
एक गिरोह र हाइटी प्रहरीबीचको गोली हानाहानकै कारण दर्जनौं घर र सवारीसाधन आगलागी भएको बताइएको छ ।
अराजकतामा डुबेको विश्वको सबैभन्दा गरिब देशमध्ये एक हाइटीमा गिरोहहरूले राजधानी पोर्ट-ओ-प्रिन्स कब्जा गरेका छन् भने सुरक्षा र स्वास्थ्य प्रणाली ध्वस्त भएको छ ।
राष्ट्रसङ्घको मानवअधिकार विभागका प्रवक्ता थामिन अल-खितानद्वारा जारी विज्ञप्तिमा भनिएको छ,”हाइटीको पोन्ट सोन्डे शहरमा बिहीबार भएको गिरोहको आक्रमणबाट हामी आतङ्कित भएका छौँ । ग्रान ग्रिफ गिरोहका सदस्यले गोली चलाउन स्वचालित राइफलहरू प्रयोग गर्दा कम्तीमा ७० जनाको मृत्यु भएको छ, जसमध्ये करिब १० जना महिला र तीन शिशुहरू छन् ।”
गत हप्ता राष्ट्रसङ्घको मानवअधिकार कार्यालयले हाइटीमा यस वर्षको हिंसामा तीन हजार ६०० भन्दा बढी मानिस मारिएको जनाएको थियो ।
Facebook Comment
Comment