काठमाडौं । रुखले हामीलाई अक्सिजन दिन्छ । स्कुलमा हामीलाई यही ज्ञान दिइन्छ तर, बुढापाकाहरू भन्छन्, ‘रातको समय रुखको मुनि सुत्नु ठिक होइन ।’
विज्ञान पनि भन्छ कि रातमा रुखको मुनि सुत्नु गलत हो । आखिर किन यस्तो भनिएको हो ? आउनुहोस्, जानौँ ।
रुखले कार्बनडाइअक्साइड लिएर हामीलाई अक्सिजन दिन्छ । अक्सिजनको आवश्यकता सबै जीवित चीजहरूलाई हुन्छ भने कार्बन डाइअक्साइड खतरनाक ग्यास हो । तर, के तपाईंलाई थाहा छ कि रातमा रुखको काम उल्टो हुन्छ । रातमा रुखले अक्सिजन होइन, कार्बन डाइअक्साइड छोड्छ, यदि तपाईं रातमा खाट लगाएर रुखको मुनि सुत्नुहुन्छ भने यसबाट बच्नुपर्छ । यद्यपि केही यस्ता रुख छन्, जसले रातमा पनि अक्सिजन दिन्छन् ।
नीमको रुख मुनि सुत्नु खतरनाक छैन किनकि यसले रातमा पनि अक्सिजन दिन्छ । यसका साथै पीपलले पनि रातमा अक्सिजन दिन्छ । घरको बाहिर पीपल र नीमको रुख लगाउनु राम्रो हो, किनकि यसले वरपरको हावालाई ताजा राख्छ । नीम औषधीय गुणहरूले भरिएको छ । यसको पातको प्रयोग छाला र कपालको लागि गरिन्छ ।
यसका साथै पीपल पनि औषधीय गुणहरूले भरिएको हुन्छ । पीपलको पातमा आइरन, म्याग्निज, कपर, प्रोटिन, फाइबर, क्याल्सियम जस्ता धेरै पोषक तत्त्वहरू हुन्छ । पीपलको पात उमालेर पिउँदा सुगर लेवल नियन्त्रणमा रहन्छ र मुटुको स्वास्थ्य पनि राम्रो रहन्छ ।
Facebook Comment
Comment