दशैं आउन लाग्दा पनि चङ्गा पसलमा छैन चहलपहल (तस्वीरहरू)

बालबालिकासँगै तन्नेरीहरू पनि चङ्गा उडाइरहेका भेटिन्थे। चङ्गा जुधाएर अरूलाई चेट बनाउँदाको शान अर्कै हुने गर्दथ्यो।

दशैं आउन लाग्दा पनि चङ्गा पसलमा छैन चहलपहल (तस्वीरहरू)

काठमाडौं। केही दशक अघिसम्म दशैं लागेसँगै राजधानीको आकाशमा रङ्गीचङ्गी चङ्गा उडिरहेको देख्न पाइन्थ्यो।

चीनबाट सुरु भएको मानिने चङ्गा उडाउने चलन नेपाल भित्रिएको सदियौँ भइसक्यो। बालबालिकासँगै तन्नेरीहरू पनि चङ्गा उडाइरहेका भेटिन्थे। चङ्गा जुधाएर अरूलाई चेट बनाउँदाको शान अर्कै हुने गर्दथ्यो।

ललितपुरको ट्यागलमा तिन पुस्ता देखि चङ्गाको व्यापार गर्दै आएका विजय देउलाका अनुसार दशक अघिको जस्तो चङ्गाको व्यापार अहिले छैन । देउला भन्छन्, ” पछिल्लो समय चङ्गाप्रतिको आकर्षण कम भएको छ । एक हिसाबमा भन्नुपर्दा स्मार्ट फोनले चङ्गालाई विस्थापित गरिदिएको छ।”

अहिले उपत्यकाको बजारमा ५ रुपैयाँदेखि चार हजार रुपैयाँसम्मका कागज, प्लास्टिक अनि कपडाका चङ्गा पाइन्छन्। यसै गरी चङ्गा उडाउन चाहिने लट्टाइको मूल्य ६०० रुपैयाँदेखि ३००० रुपैयाँको हाराहारीमा छ।

धागोको भने गुणस्तर अनुसारको मूल्य रहेको छ। चङ्गाहरू प्रायः भारत, चिन, इन्डोनेसिया, पाकिस्तानबाट आउने गरेका छन्। धागो भारतबाट आउँछ भने लट्टाई चाही नेपाल मै बन्ने गरेको छ।

तस्वीरहरू:-

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved