ठमेलबाट १५ बंगलादेशी नागरिक पक्राउ

नेपालभ्युज

ठमेलबाट १५ बंगलादेशी नागरिक पक्राउ

काठमाडौं । नेपालमा गैरकानूनी रुपमा बस्दै आएका १५ बंगलादेशी नागरिक पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरुलाई ठमेलबाट पक्राउ गरेको हो ।

उनीहरु भिसा अवधि समाप्त पश्चात गैरकानूनी तवरले बसिरहेको पाइएको प्रहरीले जनाएको छ ।

शंकास्पद गतिविधिहरुमा समेत संलग्न रहेको सूचनाको आधारमा कार्यालयको विशेष टोलीले ठमेलबाट पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि अध्यागमन विभाग पठाइएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरुको विवरण-


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved