खण्डहरमा परिणत भूमेडाँडा, बाढीपीडितलाई पिउन पानीसमेत छैन ! (तस्वीरहरू)

खण्डहरमा परिणत भूमेडाँडा, बाढीपीडितलाई पिउन पानीसमेत छैन ! (तस्वीरहरू)

काभ्रे । पनौती नगरपालिकाको वडा नं. ८ र १२ स्थित रोशी खोलाको किनारमा रहेको सुन्दर बस्ती भूमेडाँडा अहिले खण्डहर बनेको छ ।

गत बिहीबारदेखिको अविरल वर्षाका कारण रोशी खोलामा आएको भिषण बाढीले गाउँलेहरुको सम्पत्तिको नाममा भएको जमिन र एउटा पक्की कच्ची घर पनि बगाएको छ । साथै, बस्ती खण्डहर बनाइदिएको छ ।

बाढीले किसानले खेतबारीमा लगाएका अन्नबाली सबै नाश भएको छ । खेत सबै बगरमा परिणत भएको छ ।

हिजोसम्म हरियो वनपाखा देखिने ठाउँमा आज पहिरोले भत्किएका छन् ।

स्थानीयका सम्पत्ति, पशु चौपाया, खाद्यान्न, लत्ताकपडा सबै बाढीले बगाइदिएको छ । बस्तीको आश्रयस्थलमा राखिएका टिपरहरू पनि खोलाले ल्याएको गेगर र लेदोमा पुरिएका छन् । कतिपय सवारी साधन बगाएका छन् ।

भाग्यले बाँच्न सफल मानिसहरूको कथा मर्मस्पर्शी छ । पिउन पानी छैन, खानाको त झन् कुरै भएन । गाउँभरिका साना ठूला सबैलाई खानेचिज छैन। चौपायाहरू त पानीको अभावमा मरिरहेका छन् ।

एक महिलाको आँखाभरी आँसु लिएर बसिरहेकी छन् ।  उनी आफ्नो भत्किएको घरलाई हेर्दै भन्छिन्, “बाँच्न पाउनु भनेको सजिलो रहेनछ । हामी जोगियौं, तर सबै गुमायौं । भोलि उठी कहाँ जाने केही थाहा छैन !”

तस्वीरहरु- 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved