दाउन्ने सडक आज रातभर बन्द गरिने

नेपालभ्युज

दाउन्ने सडक आज रातभर बन्द गरिने
गन्तव्यतर्फ जाँदै सवारी साधन

काठमाडौं । दुईतर्फी सञ्चालनमा आएको पूर्व-पश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको दाउन्ने सडक मंगलबार राति बन्द गरिने भएको छ ।

पहिरोले भत्किएको सडक मर्मत गर्न बर्दघाट-दाउन्नेखण्डमा रातभर यातायात सञ्चालनमा रोक लगाइएको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) स्किम श्रेष्ठले जानकारी दिइन् ।

सडक आज राति १० बजेदेखि भोलि बिहान ५ बजेसम्म पूर्णरूपमा बन्द हुनेछ ।

बर्दघाट नगरपालिका-४ दाउन्ने जंगलको खुर्साने खोलास्थित राजमार्गमा रिटेनिङ वाल भत्किएको छ । साथै, करिब ४ सय मिटर सडक भास्सिएको छ । सडक भास्सिँदा विद्युत् प्रसारणको हाइटेन्सन टावर समेत ढलेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved