लेबनानमा जमिनबाट आक्रमण गर्ने इजरायलको घोषणा

नेपालभ्युज

लेबनानमा जमिनबाट आक्रमण गर्ने इजरायलको घोषणा

काठमाडौं । इजरायल रक्षा बल (आईडीएफ)ले लेबनानमा जमिनबाट सैन्य अपरेसन गर्ने घोषणा गरेको छ ।

आईडीएफले सोसल मिडिया प्लेटफर्म एक्समा जारी गरेको विज्ञप्तिमा दक्षिणी लेबनानमा जमिनबाट सैन्य कारबाही सुरु गर्न लागेको जनाएको हो । यसअघि इजरायलले लेबनानमा हवाई हमला गरिरहेको थियो ।

आईडीएफले भन्यो, ‘हामी दक्षिणी लेबनानको जमिनबाट सैन्य कारबाही गर्न जाँदै छौँ, हामी दक्षिणी लेबनानमा हिजबुल्लाह आतंककारीहरूको स्थानलाई लक्ष्य गर्ने छौँ । यो सैन्य कारबाही सीमित दायरामा हुनेछ । हाम्रो निशाना सीमावर्ती गाउँ हो, जहाँबाट हिजबुल्लाहले उत्तरी इजरायलको सीमामा बस्ने मानिसहरूलाई आक्रमण गर्छन् । यो सैन्य कारबाही योजनाअन्तर्गत हुँदै छ, जसको तयारी पछिल्ला महिनामा गरिएको थियो । यो सैन्य कारबाही इजरायली वायुसेना र आईडीएफ संयुक्त रूपमा गर्दै छन् ।’

त्यसो त हिजबुल्लाहले यसअघि नै इजरायलको जमिन हमला सामना गर्न तयार रहेको बताइसकेको छ ।

सेप्टेम्बर १७ मा इजरायलले लेबनानमा पेजर र वाकीटकीहरूमा धेरै विस्फोटहरू गरेको थियो । यी विस्फोटमा करिब ३९ जनाको ज्यान गएको थियो । मृत्यु हुनेमा हिज्बुल्लाह लडाकु र सर्वसाधारण थिए ।

यसपछि लेबनानमा इजरायली कारबाही बढ्दै गएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved