ढोरपाटन नगरपालिकाका मेयर नेपालीको थुनछेक बहस मंगलबार

नेपालभ्युज

ढोरपाटन नगरपालिकाका मेयर नेपालीको थुनछेक बहस मंगलबार

काठमाडौं । गत शुक्रबार भारतको दिल्लीमा पक्राउ परेका इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीलाई सोमबार जिल्ला अदालत बागलुङमा हाजिर गराइएको छ ।

आइतबार राति बागलुङ पुर्‍याइएका नेपालीको  सोमबार दिनभर  बयान लिइएको जिल्ला अदालतका शाखा अधिकृत ऋषिराम रिजालले जानकारी दिए ।

उनको मंगलबार   थुनछेकको बहस हुने भएको छ । उनीविरुद्ध १ हजार ५ सय ४३ जनाको जाहेरी परेको थियो ।

जाहेरीमा सहकारी ऐन २०७४ को दफा १२२ को ‘घ’, ‘ङ’, ‘च’, ‘छ’, ‘ज’ र ‘ट’ मा उल्लेखित कसुर गरेकोले उक्त ऐनको दफा १२४ को उपदफा १ बमोजिम हिनामिना गरेको रकम बराबरकै बिगो भराइ पाउन तथा ठगी मुद्दामा जेल सजाए समेतको माग गरिएको छ ।

२०८० असार ३१ गते नेपालीसहित १० जना विरुद्ध सहकारी ठगी मुद्दा दायर भएकोमा साउन ४ गतेको आदेशले नेपालीबाहेक ७ जना संचालकलाई पुर्पक्षकालागि थुनामा पठाइएको थियो ।

सोही मुद्दामा सहकारीका संचालकहरु चित्रबहादुर भण्डारी, नरमति बुढा, शक्ति किसान, डोरबहादुर परियार र अनिता बुढामगरलाई जिल्ला अदालत बागलुङको २०८० साउन ४ गतेको आदेशले पुर्पक्षका लागि थुनामा पठाइसकेको  छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved