माओवादीका सांसदले १० दिनको पारिश्रमिक बाढीपहिरो पीडितलाई दिने

नेपालभ्युज

माओवादीका सांसदले १० दिनको पारिश्रमिक बाढीपहिरो पीडितलाई दिने

काठमाडौं  ।  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले बाढीपहिरो पीडितका लागि केन्द्रीय राहत कोष स्थापना गरेको छ ।

सो केन्द्रीय राहतकोषमा संघीय संसद्का सदस्य र प्रदेशसभा सदस्यहरुले दश/दश दिनको पारिश्रमिक जम्मा गर्ने बताइएको छ ।

पार्टीको ग्लोबल आइएमई बैङ्क कोटेश्वर शाखामा रहेको ३६०१०१०००००४५ नम्बरको खातामा रकम जम्मा गर्न सकिने गरी केन्द्रीय राहत कोष स्थापना गरेको माओवादीले जनाएको छ ।

पदाधिकारी बैठकको निर्णयअनुसार राहतकोष स्थापना गरेर माओवादी केन्द्रले माताहतका कमिटीलाई राहत जम्मा गर्न परिपत्र गरिसकेको  माओवादी केन्द्रका कार्यलय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved