प्रस्तावित प्रधानन्यायाधीश राउतविरुद्ध ६ वटा उजुरी

नेपालभ्युज

प्रस्तावित प्रधानन्यायाधीश राउतविरुद्ध ६ वटा उजुरी
फाइल तस्वीर

काठमाडौं । सर्वाेच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतविरुद्ध संसदीय सुनुवाइ समितिमा ६ वटा उजुरी परेका छन् ।

सिंहदरबारमा सोमबार बसेको समिति बैठकमा राउतविरुद्ध ६ वटा उजुरी परेको जानकारी गराइएको हो । गत भदौ ३१ गते बसेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा राउतलाई नियुक्त गर्न सिफारिस गरेको थियो ।

त्यसपछि समितिले उजुरी आह्वान गरेको थियो । उनीमाथि कस्ता खालका उजुरी परेका छन् भन्ने खुलाइएको छैन ।

त्यस्तै, बेल्जियम र अस्ट्रेलियाका लागि राजदूत सिफारिस भएका सेवा लम्साल र चित्रलेखा यादवविरुद्ध दुई वटा उजुरी प्राप्त भएको समिति सदस्य पशुपतिशम्शेर राणाले जानकारी दिए । समितिले उजुरीकर्तासँग मंगलबार छलफल गर्ने जनाएको छ ।

असोज १६ गते राउतको सुनुवाई हुने छ । त्यस्तै सर्वोच्च अदालतमा सिफारिस भएका दुई न्यायाधीशविरुद्ध उजुरी आह्वान गर्ने निर्णय पनि समितिले गरेको छ । न्याय परिषद्ले सर्वोच्चको न्यायाधीशका लागि नृपध्वज निरौला र नित्यानन्द पाण्डेलाई सिफारिस गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved