नख्खु बाढीमा दुई जनाको ज्यान बचाउने चणिकलाललाई सुदनको सम्मान

नेपालभ्युज

नख्खु बाढीमा दुई जनाको ज्यान बचाउने चणिकलाललाई सुदनको सम्मान

काठमाडौं । शनिबार नख्खु खोलामा आएको बाढीमा बगेका दुई जनाको ज्यान बचाउने चणिकलाल तामाङ सम्मानित भएका छन् ।

तामाङलाई पूर्वपर्यटनमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र) का नेता सदन किरातीले डम्फु दिएर सम्मानित गरेका हुन् ।

सम्मानित गरेपछि किरातीले तामाङलाई ‘सामाजिक नायक’ संज्ञा दिँदै भने, “उहाँभित्रको मानवीयताको उच्च सम्मान र बहादुरिताको कदर गर्दै सम्मान गरिएको हो ।”

किरातीले मृतकहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको स्वास्थ्य लाभको कामना गरेका छन् । उनले सरकारलाई उद्धार ,राहत र पुनर्स्थापनाको काममा तीव्रता दिन पनि आग्रह गरेका छन् ।

गत शुक्रबारदेखि दुई दिनसम्म लगातार भएको वर्षाका कारण नख्खु खोलामा आएको बाढीमा बगेकामध्ये दुईजनाको उद्धार तामाङले गरेका थिए । जबकि उनीहरूको उद्धार गर्न प्रहरीले सकेको थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved