झ्याप्ले खोलामा बस र माइक्रो पहिरोमा पुरिँदा १४ जनाको मृत्यु

नेपालभ्युज

झ्याप्ले खोलामा बस र माइक्रो पहिरोमा पुरिँदा १४ जनाको मृत्यु
फाइल फोटो

काठमाडौं । नागढुङ्गा नजिकै झ्याप्ले खोलामा एउटा बस र माइक्रोबस पुरिँदा १४ जनाको मृत्यु भएको छ ।

धादिङमा पर्ने उक्तस्थानमा शनिबार बिहान दुई सवारी साधन पहिरोले पुरेको थियो ।

पहिरो पन्छाएर लु‍‍.१ ज ४५७८ नम्बरको माइक्रो बसबाट ५ जना र बसबाट ९ जनाको शव निकालिएको प्रहरीले जनाएको छ । बसको नम्बर भने खुलेको छैन ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार घटनास्थलमा प्रहरी वृत थानकोटका डीएसपी सुर्यप्रसाद सुवेदी नेतृत्वको टिम खटिएको छ ।

ती बसहरु शनिबार साँझ एक्साभेटरको सहायताले निकालिएको थियो । अरु सवारी साधन पनि पुरिएको आशंकामा खोजी कार्य जारी छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved